अमृता सिंहको छोरी सारा अली खानको स्वभाव साह्रै सरल र नरम छ : निर्देशक रोहीत शेट्टी — OSNepal

अमृता सिंहको छोरी सारा अली खानको स्वभाव साह्रै सरल र नरम छ : निर्देशक रोहीत शेट्टी

LC (KTM) November 19, 2021 0

बलिउडमा जमेका नायक शैफ अली खान तथा अमृता सिंहको छोरी सारा अली खान स्वभावले एकदमै सरल रहेकी छिन् । उनको सरलताले सबैलाई आफु तिर खिचेको छ । यसैक्रममा उनको बिषयमा ब्लकबस्टर निर्देशक रोहित शेट्टीले नयाँ खुलासा गरेका छन् ।

उनले साराको बारेमा द कपिल शर्मा शो मा नयाँ खुलासा गरेको भिडियो अहिले भाइरल भइरहको छ । निर्देशक शेट्टीले स्टारकिड सारा अली खानको बारेमा रोचक खुलासा गरेका हुन् । उनले भिडियोमा सारा अलि खानको सरलताको बारेमा बताएका छन् ।
द कपिल शर्मा शोमा कुराकानी गर्दै रोहित शेट्टीले सारा आफुलाई भेट्न आउँदा उनलाई निक्कै तामझामका साथ वरपर बडीगार्डहरु राखेर आएकी छिन् भन्ने लागेको थियो तर उनको कल्पना भन्दा बाहिरको अवस्थामा सारालाई देख्दा आफु छक्क परेको बताए ।

उनले भने -मलाई लाग्यो सैफ अली खान र अमृता सिंहको छोरी ,जसको साथमा चार–पाँच अंगरक्षक होलान् । म्यानेजर होलान् । सारा आफु संग भेट्न आएको आफनो चिफ एडी स्नेहाले बताएपछि आफुले उनलाई भित्र बोलाउन भनेका थिए । सारा एक्लै आएको देख्दा आफुलाई छक्क लागेको रोहीतले बताए ।

त्यति मात्र हैन रोहितले उनका बिषयमा अरु कुरा पनि खोले । रोहित लाई साराले भेट्ने बित्तिकै हात जोड्दै आफुलाई काम दिन अनुरोध गरेकी थिईन् । त्यति ठुलो स्टारकिडको छोरीले यसरी हात जोडेर काम मागेको देख्ने बित्तिकै आफुलाई मन छुएको र काम गर्न बोलाएको उनले बताए । सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ रहेको थियो । त्यसपछि उनले साम्बामा खेलेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर