'हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ — OSNepal

‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । आन्दोलनरत कानुन व्यवसायीले शुक्रबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा माथि चर्को नारा लगाएका छन् । सुरक्षाकर्मीले धर्ना स्थल घेरा हालेपछि आक्रोशित बनेका कानुन व्यवसायीले जवरामाथि चर्को नारा लगाएका हुन् ।

‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गर्दै उनीहरुले जवराले सुनुन् भन्दै कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह समेत गरेका छन् ।

गत कात्तिक १४ गते देखि जवराले मन्त्रिमण्डलमा आफ्नो भागवण्डा खोजेको भन्दै कानुन व्यवसायीले सर्वोच्च परिसरमा आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर