कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने — OSNepal

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गतेको लागि प्रदेश सभाको बैठक आह्रान समेत गरेका छन् । बैठक दिउँसो १ बजे बस्ने भन्दै सबैलाई सहभागी हुन समेत सुचित गरेको बताएका छन् ।

कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सत्तागठवन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर