OSNepal बिहिबार, मंसिर १६ २०७८

चर्चित कमेडियन भारती सिंहका फ्यानका लागि आयो खुशीको खबर

चर्चित कमेडियन भारती सिंहका फ्यानका लागि आयो खुशीको खबर

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


चर्चित कमेडियन भारती सिंहका फ्यानका लागि आयो खुशीको खबर
Reading Time: < 1 minute

भारतीय चर्चित कमेडियन भारती सिंहले पति हर्ष लिंबाचिया संग मिलेर आफ्नो एक युटुब च्यानल लन्च गरेकी छिन् । उनको युटुब च्यानलको नाम रहेको भारती टिभि । यस नयाँ च्यानलमा कैयौ कमेडि शो होस्ट गरीनेछ ।

यस च्यानलको माध्यमबाट दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिने बताइएको छ । साथै यस युटुब च्यानलमा टेलिभिजन शो जस्तो क्वालिटीमा पनि एकदमै ध्यान दिइने छ । यस च्यानल आफ्नो फस्र्ट शो लन्च गर्नको लागि एकदमै तयार अवस्थामा रहेको छ ।

यस शो को नाम द ग्रेट इण्डियन गेम शो राखिएको छ । यो चाँडै नै आउने बताइएको छ । च्यानलको बारेमा कुरा गर्दै भारतीले भनिन्– टेलिभिजन तथा मनोरञ्जनको क्षेत्रमा काम गरेपछि म तथा हर्ष आफ्ना वफादार दर्शक जो हामीलाई हरेक दिन देख्नका लागि काफि उत्साहित छन् उनीहरु संग जोडिन चाहन्थ्यौ । टेलिभिजनमा केही समयको लिमिटेशन हुन्छ तर अब युटुबको माध्यमबाट हाम्रो दर्शकले हामीलाई कहि पनि जुनसुकै बेला पनि देख्न सक्नु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड