OSNepal आइतबार, मंसिर १९ २०७८

यसकारण ऐश्वर्यालाई शुटिंग स्थलमा यसरी ढुकेर बस्थे सलमान खान

यसकारण ऐश्वर्यालाई शुटिंग स्थलमा यसरी ढुकेर बस्थे सलमान खान

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


यसकारण ऐश्वर्यालाई शुटिंग स्थलमा यसरी ढुकेर बस्थे सलमान खान
Reading Time: < 1 minute

फिल्म निर्माता संजय लीला भंसालीको हरेक फिल्म हेर्न लायक हुन्छन् । चाहे त्यो देबदास होस् या बाजीराव मस्तानी । संजय लीला भंसालीले सन् २००२ मा आफ्नो सबैभन्दा ठुलो फिल्म देवदास रिलीज गरेका थिए । जसमा ऐश्वर्या राय र शाहरुख खानको जोडीलाई धेरैले रुचाएका थिए । यो फिल्म सुपरहिट नै बन्यो त्यतिबेला ।

जति फिल्मको कहानी मनछुने छ यसको शुटिंगको घटना पनि उत्तिकै रमाइलो रहेको छ । यो फिल्ममा सलमान खान छैनन् तर पनि सलमान खान संजय लीला भंसालीको फिल्मको शुटिंग सेटमा ऐश्वर्या संग भेट्न पुग्थे । त्यतिबेला ऐश्वर्या संग सलमान रिलेशनसिपमा रहेका थिए ।

एकदिन शुटिंग चलिरहेको थियो देबदासको सलमान पनि शेटमा हेरेर बसेका थिए । शाहरुख संग ऐश्वर्याले एउटा रोमान्टिक सिन गरिरहेकी थिईन् जसमा ऐश्वर्याको पैतालामा काँडा भिज्छ त्यसलाई शाहरुख खानले निकाल्नु पर्ने सिन हुन्छ ।

शाहरुखले सिन गरिरहेका बेला सलमान बिचमा आउँछन् र फिल्म युनिटलाई यो सिन आफुले गरेर देखाउने प्रस्ताव राख्छन् । सलमानको यो आग्रहलाई संजय लिला भंसाली र शाहरुख दुबैले मान्छन् । सलमानले काँडा भिजेको सिन निकै राम्रो संग गरेर देखाउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड