को हुन् यी युवती जस्को प्रबेश संगै खाना खाईरहेका बलिउड सुपरस्टार शाहरुख , खान छोडेर जुरुक्क उठे  — OSNepal

को हुन् यी युवती जस्को प्रबेश संगै खाना खाईरहेका बलिउड सुपरस्टार शाहरुख , खान छोडेर जुरुक्क उठे 

LC (KTM) November 19, 2021 0

बलिउडको चलेको फिल्म मध्ये एक हो कभी खुशी कभी गम । यही फिल्मकी सानी करीना कपुर अर्थात प्यारी पू (पुजा) अब ठुली भइसकेकी छिन् । करण जोहर मल्टी स्टारर फिल्ममा करीना कपुरको सानोको रोल मालबिका राजले निभाएकी थिईन् । सानै उमेरमा मालबिकाले पुजाको रोल यति मज्जाले निभाएकी थिइन् जस्लाई दर्शकहरुले आज सम्म भुल्न सकेका छैनन् ।

उनै मालबिका अब स्क्वाड मार्फत एक पटक फेरी बलिउडमा धमकेदार इन्ट्रि मार्दैछिन् । यसका साथ साथै उनले शाहरुख खानको बिषयमा एकदमै मन छुने कुरा खुलासा गरेकी छिन् । चलचित्र कभी खुशी कभी गमको दौरानमा मालबिकाले आफ्ना को–स्टार्स संग एकदमै रमाईलो पल ब्यतित गरेकी थिईन् । उनले त्यसमध्ये एक खास र बिशेष क्षणको याद गर्दै भन्छिन्– एक दिन सेटमा पुरै टीमको साथमा लन्च भइरहेको थियो । त्यतिबेला मैले इन्ट्रि मारे ।

मलाई भित्र आउँदै गरेको देखेर शाहरुख खान आफ्नो खाना छोडेर म संग भेट्नका लागि उठ्नु भयो । शाहरुख खान यति ठुलो स्टार भएर पनि यति धेरै रेस्पेक्ट देखेर मेरो मनमा छोयो । साँच्चिकैमा यति ठुलो स्टार कोही आउने बिषयलाई लिएर आफ्नो खाना छोडेर उठ्नु भनेको कुनै मामुली कुरा हैन । मालबिका कभी खुशी कभी गमको समयमा एकदमै सानी थिईन् । अमिताभ बच्चन, जया बच्चन, ऋतिक रोशन, काजोल, करीना कपुर तथा शाहरुख खान जस्ता स्टारहरुको साथमा काम गर्न पाउनु एकदमै खास कुरो रहेको उनले बताईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर