कांग्रेस अधिवेशन : चुनाैती दिँदै युवा नेताकाे उम्मेदवार दर्ता — OSNepal

कांग्रेस अधिवेशन : चुनाैती दिँदै युवा नेताकाे उम्मेदवार दर्ता

LC (KTM) November 19, 2021 0

कपिलवस्तु, ३ मंसिर -नेपाली का‌ंग्रेसको शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरू भएको छ । कपिलवस्तुकाे छ निर्वाचन क्षेत्रमा शुक्रबार मनोनयन दर्ता हुँदै छ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलगअलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ ।

अधिवेशनको माहौल सुरू हुँदै फेसबुकमार्फत युवापुस्ताले पनि उम्मेदवार दिने घोषणा गरेका थिए । तर, गुटको दबाबका कारण युवाहरूले उम्मेदवार दिनबाट रोकिनु परेको छ ।

कपिलवस्तु क्षेत्र नं. २ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता दबाब त्यागेर भए पनि निर्वाचनमा होमिएका छन् ।

नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल (अच्युत) ले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धीसँग सामना गर्नुपर्ने भएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन् ।कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताए । उम्मेदवारी घोषणा गरेपछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर