चलचित्र चपली हाइट ३ को ट्रेलर सार्वजनिक , पुष २ गते देशभरका हलहरुमा फिल्म लाग्दै — OSNepal

चलचित्र चपली हाइट ३ को ट्रेलर सार्वजनिक , पुष २ गते देशभरका हलहरुमा फिल्म लाग्दै

LC (KTM) November 19, 2021 0

एक समय नेपाली चलचित्र जगतमा फरक शैली पस्किएको चलचित्र चपली हाइटको सिक्वेल अर्थात चपली हाइट ३ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मको आज ट्रेलर सार्वजनिक भएको हो । फिल्म निर्माण पक्षले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

यो चलचित्र भने पुष २ गते बाट देशब्यापी रुपमा रिलिज हुने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोनाको महामारी कम भए संगै दर्शकहरु हल सम्म आउन थाले पछि यो चलचित्र रिलिज गर्न लागिएको पनि उनले बताए । उनले यस चलचित्रलाई माया र साथ दिन आम दर्शकलाई अनुरोध समेत गरेका छन् ।

चपली हाइट हिन्दी भाषामा पनि सार्वजनिक हुने बताइएको छ। अहिले डबिङको काम भारतमा भईरहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा नायिका स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर गौतम, महेश त्रिपाठी, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतका कलाकारको दमदार अभिनय देख्न पाइने छ । यो एक सस्पेन्स मुभि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर