कपिल शर्माले नायक कार्तिक आर्यन संग सोधे रिलेशनशिप स्टाटस , कार्तिक भन्छन्– मलाई अरुले जस्तो लुकाउन आउँदैन — OSNepal

कपिल शर्माले नायक कार्तिक आर्यन संग सोधे रिलेशनशिप स्टाटस , कार्तिक भन्छन्– मलाई अरुले जस्तो लुकाउन आउँदैन

LC (KTM) November 19, 2021 0

यतिबेला बलिउडका चलेका नायक कार्तिक आर्यन आफ्नो फिल्म धमाकाको प्रमोशनका लागि लागिपरेका छन् । फिल्म प्रमोशनका लागि उनी यस हप्ता कपिल शर्मा शो मा समेत देखिने भएका छन् । कपिल शर्माको शो मा कार्तिकले उनको आफ्नो रिलेशनसिप स्टाटसका बारेमा कपिलले कार्तिक संग सोधेका छन् ।

कार्तिकले पनि बुझ्ने गरि यसको ईशारा दिएका छन् । धमाका फिल्मको प्रमोशनका लागि शो मा पुगेका कार्तिक संग कपिल सोध्छन्– हामी के संझीयौ तपाईको रिलेशनशिप स्टाटस कन्फर्म भईसकेको हो या अरुले जस्तो लुकाउन सिकिरहनु भएको छ ? कपिलको यो प्रश्नमा मुस्कुराउँदै कार्तिकले भन्छन्– मलाई अरुले जस्तो छुपाउन लुकाउन आउँदैन । तर बताउन पनि आउँदैन ।

कार्तिकले यति भन्नासाथ सबैको हाँसो छुट्छ । अहिले सम्मकै फिल्मी करियरमा कार्तिले एकदमै रोमान्टिक फिल्म गरेका छन् । यो पहिलो मौका हो जब दर्शक उनलाई कुनै थ्रिलर फिल्मको एन्करको भुमिका देख्न पाउनेछन् । कार्तिकको यो फिल्म १९ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुन लागि रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर