सुवास नेम्वाङको टोलीलाई प्रधानमन्त्री देउवाले भने- चितवन महाधिवेशनमा म आउँछु — OSNepal

सुवास नेम्वाङको टोलीलाई प्रधानमन्त्री देउवाले भने- चितवन महाधिवेशनमा म आउँछु

LC (KTM) November 19, 2021 0

काठमाडौं, ३ मंसिर -प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने । एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर