नियन्त्रित लागु औषधसहित ४० वर्षीय मुना साह पक्राउ — OSNepal

नियन्त्रित लागु औषधसहित ४० वर्षीय मुना साह पक्राउ

LC (KTM) November 19, 2021 0

सर्लाही ३ मंसिर । नियन्त्रित लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी थाना बथनाहा रुपौली बस्ने ४० वर्षीय मुना साह रहेका छन् ।

उनलाई नियन्त्रित लागूऔषध १ सय एमएलका १६ बोतल डाईलेक्स डिसि, ३५ बोतल आरजेटी केयर र १ सय १४ पिस स्पास्मो प्रोक्सिभन सहित प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बिआर ३० जेड ५४६४ नम्बरको मोटरसाइकलमा मलंगवाबाट नवलपुरतर्फ आउँदै उनलाई चेक जाँच गर्नेमा उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

यस विषयमा थप अनुशन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर