सहिद स्मारक ए डिभिजन लिगमा सात दोबाटो र फ्रेण्ड्सको बराबरी — OSNepal

सहिद स्मारक ए डिभिजन लिगमा सात दोबाटो र फ्रेण्ड्सको बराबरी

LC (KTM) November 19, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबल आज बाट सुरु भएको छ । उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरी संगै दुबै टिमले अंक बाँडेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको थियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई वटा पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको थियो । आजको खेलमा फ्रेन्ड्सका गोलकिपर राहुल म्यान अफ दि म्याच घोषित भए ।

आजको यो बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १र१ अंक प्राप्त गरेका छन् । लिग अन्तर्गत भोलि दुई वटा खेलहरु हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुदा दोस्रो खेलमा च्यासल युथ क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर