काठमाडौँको टोखाबाट सुन कछुवासहित सञ्जु र अमीर समातिए — OSNepal

काठमाडौँको टोखाबाट सुन कछुवासहित सञ्जु र अमीर समातिए

LC (KTM) November 19, 2021 0

काठमाडौँ, ३ मङ्सिर-सशस्त्र प्रहरीको एक टोलीले काठमाडौँको टोखा नगरपालिका–७ ग्राण्डी अस्पताल नजिकैबाट आज सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा दोलखा घर भई सोही नगरपालिका–३ बस्ने ५० वर्षीय सञ्जु तामाङ र सोलुखुम्बुको सोताङ गाउँपालिका– १ बस्ने २४ वर्षीय अमीर राई छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालयबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कछुवासहित आवश्यक कारवाहीका लागि प्रहरीचौकी टोखामा बुझाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर