नेकपा एमालेले झण्डा बोक्ने कोही नभएर गैंडालाई बोकायो, अब पतन निश्चित छ : माधव नेपाल — OSNepal

नेकपा एमालेले झण्डा बोक्ने कोही नभएर गैंडालाई बोकायो, अब पतन निश्चित छ : माधव नेपाल

LC (KTM) November 19, 2021 0

चितवन ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको चुनाव चिन्ह्रलाई लिएर आलोचना गरेका छन् ।

अध्यक्ष नेपालले चुनावको झण्डा बोक्ने मान्छे नपाएर एमालेले गैंडालाई बोकाएको भन्दै आलोचना गरेका छन् । शुक्रबार चितवनमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आलोचना गरेका हुन् ।

एमाले छाडेर आफ्नो पार्टीमा आउनेको लर्को नै चलेको बताएका उनले एमाले पतन हुने दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर