OSNepal बिहिबार, मंसिर १६ २०७८

यस धर्तीमा महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी हुन् : स्वामी रामदेव

यस धर्तीमा महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी हुन् : स्वामी रामदेव

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


यस धर्तीमा महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी हुन् : स्वामी रामदेव
Reading Time: < 1 minute

वालिङ, ३ मङ्सिर-योगऋषि स्वामी रामदेवले महान सुपुत्रलाई यस धर्तीमा जन्म दिनुहुने आमाबुवा भाग्यमानी भएको बताउनुभएको छ । स्याङ्जाको वालिङ–६ भरुवास्थित आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजका पिता जयबल्लभ सुवेदीको आज आयोजित चौरासी पूजामा उहाँले यस्ता महान सुपुत्र जन्माउने भाग्यमानी आमाबुवाको यसरी नै १०० वर्ष हर्सोल्लाससहित जन्मदिवस मनाउन पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो ।

सोही अवसरमा आचार्य बालकृष्णजी महाराजले आमाबुबासँगै सशरीर रहेर सेवा गर्न नपाए पनि आफ्नै आमाबुबा जस्तै करोडौँलाई पतञ्जलिमार्फत सेवा गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । आफू अहिले जुन ठाउँमा भए पनि आफ्नो बाल्यकाल बितेको ठाउँको सम्झना, झझल्को आइरहने गरेको उहाँले बताउनुभयो ।योगगुरु रामदेव र आफ्नो शरीर दुई वटा भए पनि विचार, भावना र कर्म एउटै भएको आचार्य बालकृष्णले बताउनुभयो । नेपालका लागि पतञ्जलिमार्फत थुप्रै योजना बनाएको बताउँदै उहाँले मिलेर कार्य गर्ने धारणा व्यक्त गर्नुभयो ।

बुबाको सहस्र पूर्णचन्द्र दर्शनका अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यवर्ती) कार्यक्रममा सहभागी हुन आउनुभएको हो । उहाँहरू आज नै काठमाडौँ फर्किनुभएको छ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड