प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले घोषणा गर्यो एक हप्ते चरणवद्ध आन्दोलन — OSNepal

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले घोषणा गर्यो एक हप्ते चरणवद्ध आन्दोलन

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले एक हप्ते आन्दोलनको घोषणा गरेको छ । जबराले राखेको वार्ता प्रस्ताव ठाडै अस्विकार गरेको बारले एक हप्ते आन्दोलनको घोषणा गरेको हो ।

आज शुक्रबार प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए । आफुहरुले राजीनामा मागिसकेकाले वार्ता जानुको औचित्य नभएको बारले बताएको छ । शुक्रबार बसेको बारको बैठकले आइतबारदेखि चरणवद्ध रुपमा आन्दोलनको घोषणा गरेको छ ।

चरणवद्ध रुपमा गरिने आन्दोलनको पहिलो दिन आइतबार अदालतमा भएको प्रहरीहरुको प्रवेश र कानून व्यवसायीमाथि भएको ज्यादतीको विरोध गर्दै देशभरिका अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दा नहेर्ने घोषणा गरेको छ ।

सोमबार- संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने ।
मंगलबार– अदालतमा कुनै पनि मुद्दाहरु दर्ता नगर्ने ।
बुधबार– देशभरिका १८ वटै उच्च अदालतहरूमा बारका केन्द्रीय प्रतिनिधिहरू पठाएर वृहत् विरोध सभा गर्ने ।
विहीबार र शुक्रबार– विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर