कोरोना महामारीमा रोजगार गुमाएर अलपत्र परेका ४२ हजार भन्दा बढि नेपाली फिर्ता, खै बैकल्पिक ब्यबस्था ? — OSNepal

कोरोना महामारीमा रोजगार गुमाएर अलपत्र परेका ४२ हजार भन्दा बढि नेपाली फिर्ता, खै बैकल्पिक ब्यबस्था ?

LC (KTM) May 27, 2021 0

काठमाडौ । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।

साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् । नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो पनि : कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेपालीले आज भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भन्नुभयो, “प्राकृतिक विपद्बाट कर्णाली प्रदेशमा बर्सेनि लाखौको धनजनको क्षति हुने गरेकाले यसको प्रतिकार्यका लागि जिल्लादेखि वडातहसम्म कार्ययोजना लग्नुहोस् ।”

प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रणाली लागू गर्न लागेको जानकारी दिँदै मन्त्री नेपालीले त्यसको प्रभावकारी व्यवस्थापनका निम्ति प्रमुख जिल्ला अधिकारीहरुको भूमिका र सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, जनचेतना जगाउने कार्यलाई तीव्र बनाएर लैजाने तयारी गरिएको छ । उहाँले तेस्रो भेरियन्ट आउने सक्ने जिल्लामा बलियो तयारी र सहज अक्सिजन आपूर्तिको वातावरण मिलाउन प्रजिअहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दशवटै जिल्लाका प्रजिअले कोरोना नियन्त्रण र विपद् व्यवस्थापन भइरहेका गतिविधिबारे र त्यसक्रममा देखिएको चुनौतीबारे जानकारी गराउनु भएको थियो । विपद्को पूर्वतयारीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य भएको र सेवा प्रणालीलाई चुस्त बनाउन तथा सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्न उहाँहरुको सामूहिक आग्रह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर