दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सका फ्यानहरुलाई दुःखद खबर , आखिर किन गरे एकाएक क्रिकेट बाट सन्यासको घोषण् — OSNepal

दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सका फ्यानहरुलाई दुःखद खबर , आखिर किन गरे एकाएक क्रिकेट बाट सन्यासको घोषण्

LC (KTM) November 19, 2021 0

क्रिकेटमा एक ईतिहास बनाएका दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सन्यासको घोषणा गरेका छन् । उनले अब सबै खाले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।झण्डै दुई दशक बिताएका भिलियर्सले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिईसकेका थिए ।

तर पनि भिलियर्सले टी–ट्वान्टी लिग भने खेल्दै आईरहेका थिए । ३७ वर्षीय भिलियर्सले १७ वर्ष क्रिकेट खेलेका थिए । उनले इन्डियन प्रिमियर लिग आईपीएलमा सन् २०११ देखि रोयाल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै आईरहेका थिए ।

भिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् । उनले टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसियमा ९ हजार ५ सय ७७ र टी–ट्वान्टीमा १ हजार ६ सय ७२ रन जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर