उदयपुरमा प्रहरीको ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाईते, ३ जनाको अवस्था गंभीर — OSNepal

उदयपुरमा प्रहरीको ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाईते, ३ जनाको अवस्था गंभीर

LC (KTM) November 19, 2021 0

उदयपुरमा प्रहरीको वान टन ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाईते भएका छन् । घाईते २४ मध्ये ३ जनाको अवस्था गंभीर रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाकारी दिएको छ । गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका ७ अँधेरी जोगीटोलमा दुर्घटनामा परेको हो ।

कटारीबाट गाईघाटका लागि हिडेका प्रहरीको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट नेपालटार खण्डमा बेलुका सभा ८ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ओरालो बाटोमा वन टनको ब्रेक फेल हुँदा दुर्घटनामा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर