जबर प्रधानन्याधिश जबराले राजीनामा नदिने संकेत , नेपाल बार एशोसिएसनद्धारा आन्दोलनलाई थप कडा बनाउँदै — OSNepal

जबर प्रधानन्याधिश जबराले राजीनामा नदिने संकेत , नेपाल बार एशोसिएसनद्धारा आन्दोलनलाई थप कडा बनाउँदै

LC (KTM) November 19, 2021 0

बिबाद र तिब्र बिरोधका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने संकेत गरेका छन् । जबराको यो जबर बानीका कारण नेपाल बार एशोसिएसन पनि थप कडा बन्न थालेको छ । एशोसिएसनले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रमहरुलाई थप कडा बनाएर अगाडि बढाउने निर्णय गरेको छ ।

आज बसेको बारको बैठकले आन्दोलनलाई थप कडा बनाएर अगाडि बढाउने निर्णय गरेको बताइएको छ । सुरुका चरणमा लचिलो बनेको बारले अब प्रधानन्यायाधीश जबराको राजीनामालाई नै अल्टिमेटम बनाएर आन्दोलन थाल्ने भएको हो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आइतबार नेपालभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा नहर्ने सहमति भएको जानकारी दिईन् ।

नेपाल बार एशोसिएसनले यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज दिउँसोसम्मको अल्टिमेटम दिएको थियो ।तर, बारको अल्टिमेटमलाई प्रधानन्यायाधीश जबराले बेवास्ता गरेरै टारिदिएका छन् । बारको अल्टिमेटम लाई प्रधानन्याधिशले बाल नदिए पछि बार थप कडा बन्न बाध्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर