OSNepal सोमबार, मंसिर २० २०७८

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक भाग्न लाग्दा लाग्दै च्यापिए

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक भाग्न लाग्दा लाग्दै च्यापिए

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक भाग्न लाग्दा लाग्दै च्यापिए
Reading Time: < 1 minute

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरमा कोही पनि नभएका अवस्थामा केही समयअघि घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन । क्षतिको विवरण आउन बाँकी रहेको उपरीक्षक बस्नेतको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड