किन झमझमाउँछ हात, खुट्टा र शरीर ? — OSNepal

किन झमझमाउँछ हात, खुट्टा र शरीर ?

LC (KTM) November 20, 2021 0

काठमाडौं । जोकोहीको पनि हातखुट्टा या शरीरका विभिन्न भाग कुनै समय झमझमाएकै हुन्छ । कहिलेकाहीँ कुनै भाग झमझमाउनु त सामान्य हो । तर, बारम्बार झमझमाइरहन्छ भने तपाईंमा केही न केही समस्या छ भन्ने कुरा सम्झनुपर्छ । हातगोडा खुम्च्याएर बस्दा या कुनै अंगमा कसिलो गरी बााधिादा त्योभन्दा तलको भाग झमझमाउनु सामान्य हो । खुट्टा सीधा पार्दा या बााधिएको चिज खोलेको केही समयमा नै ठीक हुन्छ । नदोब्य्राई या नबाँधी पनि बारम्बार झमझमाउने या निदाउने गर्दछ भने यस्ता समस्या हुनसक्छ ?

पोषणमा कमी
शरीरमा पोषणको कमी भएमा हातखुट्टा झमझमाउने हुन्छ । पोषणको कमी हुँदा नसामा रहने सेललाई चाहिने आवश्यक तत्त्व प्राप्ति हुँदैन, जसले गर्दा नसाले सहज रूपले काम गर्दैन । विशेष गरी भिटामिन डी १, डी ६, डी १२ को कमीले गर्दा झमझमाउने समस्या हुन्छ । साथै, आवश्यक मात्रामा क्याल्सियम, आयोडिनजस्ता तत्त्वको कमीले पनि यो समस्या हुन्छ ।

नसामा आघात
कुनै पनि नसामा केही कारणले आघात पुगेमा, हड्डी खिइएमा पनि हातखुट्टा या शरीर नै झमझमाउने हुन्छ । नसाको जुन क्षेत्रमा आघात पुगेको हो, सोभन्दा तलको भागको सूचना मस्तिष्कमा नपुग्ने हुँदा सो भाग झमझमाउने गर्दछ । घुँडाको नसामा आघात पुगेमा घुँडा र सोभन्दा तलको भाग निदाउने हुन्छ । दुईवटा हड्डी जोड्ने नसामा समस्या हुँदा पनि यस्तो समस्या देखिन्छ । विशेष गरी सो नसा तन्किएमा, च्यापिएमा, चोटपटक लाग्दा त्योभन्दा मुनिको भागमा समस्या हुने गर्छ ।

मधुमेह
शरीरमा चिनीको मात्रा नियन्त्रण भएन भने पनि हातगोडा र शरीर झमझमाउने गर्दछ । यसलाई नियन्त्रण गर्न सकिएन भने हात र खुट्टामा वा हात र खुट्टाका औँलामा जाने स्नायुतन्त्रमा क्षति पुग्न जान्छ । ती तन्त्रमा क्षति पुग्दा स्नायुमा सूचना जान पाउँदैन र निदाउनेरझमझमाउने हुनसक्छ । जब हात र खुट्टामा स्पर्श चेतना हुँदैन, तब पोलिने, लड्ने र ती अंगमा अरू चोटपटक लाग्ने सम्भावना बढी हुन्छ ।

थाइराइड असन्तुलन
थाइराइड हर्माेनले शरीरका अंग र नसालाई सन्तुलनमा राख्न मद्दत गर्छ । यदि हर्मोन उत्पादन बढी या कमी भयो भने नसा असन्तुलित भई पोल्ने, झमझमाउने समस्या हुन्छ । विशेष गरी हाइपोथाइराइड (थाइराइड उत्पादनमा कमी) हुँदा थकाइ लाग्ने, झमझमाउने समस्या हुने गर्दछ ।

युरिक एसिड
युरिक एसिडका कारण नसामा अनावश्यक फोहोरजन्य संक्रमण जम्न गई स्नायुतन्त्रमा खराब गर्दछ । जसले गर्दा स्नायु सञ्चारमा असर पर्छ । जसले पोल्ने, झमझमाउने, दुख्ने गर्दछ ।

बाथको समस्या
बाथको समस्या भएका मानिसको नसामा रहेको प्रतिरोधात्मक तत्त्वलाई नष्ट गरिदिन्छ । विशेष गरी शरीरका बढी सक्रिय रहने विभिन्न जोर्नीमा रहेका नसाहरूको सो तत्त्व काम नलाग्ने बनाउँदै जान्छ । जसले गर्दा सुन्निने, दुख्ने, पोल्ने, झमझमाउने समस्या थपिन्छ ।

कीटनाशक औषधि
कीटनाशक औषधि लगाइएको सागसब्जी या फलफूलको सेवनले पनि हातखुट्टा झमझमाउने समस्या हुनसक्छ । कीटनाशक औषधिले स्लो प्वाइजनको काम गरिरहेको हुन्छ । जसले गर्दा दिमाग, मिर्गौला र कलेजोलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गरिरहेको हुन्छ । दिमागको सम्बन्ध सबै अंगसँग हुने हुँदा सुरुमा थाहा नभए तापनि लामो समयको सेवनले स्नायुमा असर गर्नसक्छ । जसले गर्दा पनि शरीर नै झमझमाउने समस्या हुन जान्छ ।

पिउने पानी
पिउने पानीमा आवश्यक तत्त्वहरूको घटीबढीले पनि हातखुट्टा झमझमाउने समस्या हुन्छ । पानीमा हुने मिनरल्स, फोस्फोरस, क्याल्सियम, सोडियम, आर्से्निकको सन्तुलन भएन भने त्यसले नसामा असर गर्छ । हाम्रो देशका तराई क्षेत्रका मानिसमा नसाको समस्या बढी देखिनु पनि त्यहाँ हुने अत्यधिक मात्रामा आर्से्निकको कारण हो ।

नसा च्यापिएमा
हात, खुट्टा, ढाड, घाँटी कुनै स्थानको नसा च्यापिएमा पनि झमझमाउने या निदाउने समस्या हुन्छ । यस्तो समस्या विशेष गरी ढाडको हाडले नसा च्यापिँदा, हात, खुट्टा च्यापिँदा या लामो समय दोब्य्राएर बस्दा नसा च्यापिएर हुने गर्छ

उपचार
श्रझमझमाउने या निदाउने कारण पत्ता लगाउनुपर्छ । कारण पत्ता लगाइसकेपछि सम्बन्धित रोगका चिकित्सककहाँ गएर उपचार गर्नु राम्रो हुन्छ । कसिला कपडा नलगाउने । नसालाई क्रियाशील बनाइरहन नियमित रूपमा व्यायाम गर्ने । धुम्रपान र अत्यधिक मादक पदार्थ सेवन नगर्नु । मधुमेहमा रगतमा भएको चिनीको स्तर नियन्त्रणसँगै व्यायाम र नियमित परीक्षण गर्ने । यदि गम्भीर किसिमको निदाउने तथा झमझमाउने समस्या छ भने चिकित्सकसँग सल्लाह लिई नियमित फिजियोथेरापी गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर