OSNepal बिहिबार, मंसिर १६ २०७८

मेरुदण्ड भाँचिएकी महिलाको उपचारका लागि कतारका नेपालीले गरे सहयोग

मेरुदण्ड भाँचिएकी महिलाको उपचारका लागि कतारका नेपालीले गरे सहयोग

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


मेरुदण्ड भाँचिएकी महिलाको उपचारका लागि कतारका नेपालीले गरे सहयोग
Reading Time: < 1 minute

तनहुँ, ४ मङ्सिर- सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमा ल्याएर राखिएको थियो ।

लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि रु दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म रु एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिनुभयो ।

कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको रु दुई लाखमध्ये उपचारमा खर्च भएर अब रु ७५ हजार खातामा रहेको बताउनुभयो । बर्दियाको न्याउलापुर घर भई हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो । घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठननको व्यवस्था मिलाइएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड