माओवादीको वडा अधिवेशन : खाेटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै — OSNepal

माओवादीको वडा अधिवेशन : खाेटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै

LC (KTM) November 20, 2021 0

खोटाङ, ४ मंसिर – खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार २ सय ९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिवेशको तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक देवान किराती पृथ्वीले बताए ।

शनिबार पाँच वडाबाहेक अन्य वडामा नेतृत्व चयन हुनेछ । पाँच वडामा भने वडा नेतृत्वको आफन्तको मृत्यु भएका लगायतका कारण वडा अधिवेशन हुन नसकेकाे संयोजक किरातीले बताए । माओवादी केन्द्रको वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्य चयन गर्ने छन् । वडा कमिटीमा ३५ प्रतिशत महिला र १० प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ ।

माओवादी केन्द्रले ११ मंसिरमा पालिका, २५ मंसिरमा प्रदेश तथा ११ पुसदेखि १३ पुसमा काठमाडाैंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर