सडकपेटीबाट पैदलयात्री हिड्न पाउने दिन कहिले आउँछ सरकार ? — OSNepal

सडकपेटीबाट पैदलयात्री हिड्न पाउने दिन कहिले आउँछ सरकार ?

LC (KTM) November 20, 2021 0

अनुसा थापा

देशभरका अधिकांश स्थानमा बाटोमै पाकिड. गरेका सवारी साधनहरु देखिन्छन् । काठ्माडौंको व्यापारिक क्षेत्रहरुमा सडकको छेउछाउ पार्किड. गरेको सवारी साधनले पैदलयात्रीलाई निकै अप्ठयारो बनाइदिएको छ । सडकको छेउछाउ दुई लहर बनाएर पार्किड. गरेकाले पैदलयात्री बिच बाटोबाट हिड्न बाध्य छन् । उपत्यकामा धेरै सरकारी, निजी कार्यालय छन् । अधिकांश संघसंस्था, फर्म, पसलहरु पनि उपत्यकामै केन्द्रित छन् । यातायात व्यवस्था विभागको अनुसार देशैभर झण्डै चालिस लाख सवारी साधन दर्ता भएका छन् । ती मध्येमा २९ लाख त मोटरसाइकल मात्र छन् ।

करिब १६ लाख निजी प्लेटका दुई पाड.गे्र त बागमती प्रदेशस्थित यातायात कार्यालयमा दर्ता छ । एक लाखचाहि कार र सार्वजनिक यातायात दर्ता छन् । यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराईले २०७३ सालमा उपत्यकामा दुई पाड.गे्र सवारी साधन चल्न नदिने भनेर निर्णय गरेका थिए ।
उनले टिप्पणी उठाएर यातायात मन्त्रालय पठाइसकेका थिए । तर, अटोशोरुमहरुले अर्थ मन्त्रीलाई भेटेर यो निर्णय कार्यान्वयनमा नल्याउन विभिन्न रणनिति अप्नाए । राज्यको ढुकुटीमा राजस्व आउदैन् भनेर अटोशोरुम सञ्चालकहरुले अर्थमन्त्रीलाई फकाए ।

रुप नारायण भट्टराईले भाँडाको गाडीमा भएको सिण्डिकेट हटाउने र जनतालाई सेवासुविधा दिने भनेका थिए । सार्वजनिक यातायात र ट्याक्सीको नयाँ दर्ता खोल्दिदाँ जनताले भाँडाको गाडी चढ्छन् भन्नेमा उनी विश्वस्त थिए । यातायात क्षेत्रमा खुल्ला प्रतिस्पर्धा गराउन र जनतालाई सेवासुविधा दिन भट्टराई निकै प्रभावकारी कदम अघि बढाएका थिए ।

निजी प्लेटको कार र दुई पाड.गे्र सवारीको दर्ता बन्द गर्ने भनिएको थियो । यसले ट्राफिक व्यवस्थापन गर्न निकै सहज हुने देखिन्थ्यो । निजी प्लेटका सवारी साधन धेरै हुँदा ट्राफिक प्रहरीलाई नै ट्राफिक व्यवस्थापन गर्न धौ धौ परेको छ । अधिकांशलाई दुई पाड.गे्र सवारी साधन खेलाइची जस्तो लाग्छ ।
सडकको स्थिति र सर्वसाधारणको चापलाई ध्यानमा नराखी दुई पाड.गे्र सवारी साधन चलाउछन् । जसले गर्दा मोटरसाइकल दुर्घटनाले व्यापकता पाएको छ । दुई पाड.गे्र सवारी साधनबाट राज्यलाई फाइदा छैन् । दुई पाड.गे्र सवारी साधनले प्रदुषण चेक गर्नपर्दैन् भने रोडपरमिटको पैसा पनि राज्यलाई तिर्नपर्दैन् ।

भाँडाका गाडी घरेलु र कम्पनीमा गएर पञ्जीकरण भएका हुन्छन् । यसले राज्यलाई फाइदा हुन्छ । तर, मोटरसाइकलमा त्यस्तो छैन् । सार्वजनिक यातायातको चार महिनामा रोडपरमिट र छ महिनामा प्रदुषण तिर्नपर्छ । यसले गर्दा राज्यको ढुकुटीमा राजस्व आँउछ । सार्वजनिक यातायातबाट देशका हेरक नागरिकलाई सजिलो हुन्छ । सबैले सार्वजनिक यातायातको प्रयोग गर्न पाउछन् । दुई पाड.गे्र सवारी साधन चलाउनेको संख्या ह्वात्तै बढ्दा शहर अस्तव्यस्त बनेको छ । २०७३ सालभन्दा अघि दर्ता भएका दुई पाड.गे्र सवारी साधन उपत्यकामा चल्न नदिने निर्णय भट्टराईले गरेका थिए ।

त्यस्तै, दुई पाड.गे्र सवारी साधनको दर्ता बन्द गर्ने भनेर टिप्पणी उठाएका थिए । यातायात व्यवस्था विभागको महानिर्देशक नवराज घिमिरे नयाँ ट्याक्सीको दर्ता खोल्नमा सहमत देखिन्छन् । तर, ट्याक्सी व्यवसायीको दबाबमा यातायातमन्त्रीले यो निर्णयलाई सदर गरेको छैन् । त्यस्तै, बसहरुमा पनि खुल्ला प्रतिस्पर्धा गराउनपर्ने उनको भनाइ छ । उनी भन्छन्, ट्राफिक जाम रोक्नको लागि भाँडाको गाडीमा भएको बेतिथि हटाउनपर्छ । निजी सवारी साधनको नयाँ दर्तामा रोक लगायो भने यो सम्भव छ । उनले दुई पाड.गे्र सवारीको दर्ता रोक्न टिप्पणी उठाएर मन्त्रालय पठाउने जानकारी दिए ।

निजी प्लेटको गाडीलाई पनि बीस वर्ष पुगेपछि विस्थापन गर्ने सिस्टम बनाउने आवश्यक देखिन्छ । बीस वर्ष पुराना भाँडाका गाडीहरुलाई विस्थापन गर्ने भनेर मन्त्रीपरिषद्को बैठकले २०७१ भदौ २६ गते निर्णय गरिसकेको छ । जुन कार्यान्वयनमा गइसकेको छ । निजी प्लेटको गाडीहरु पनि दर्ता भएकै मितिमा बीस वर्ष मात्र चल्न पाउने भनेर यातायात कार्यालयको ढड्डा र बिलबुकमा लेखिदिनुपर्छ । यसो गरेपछि सवारी धनीलाई आफ्नो गाडी चल्ने समयबारे अवगत नै हुन्छ । यसलाई मन्त्रालयले तत्काल निर्णय गरेर कार्यान्वयनमा लानुपर्छ ।

मन्त्रालयले योसंगै नयाँ ट्याक्सीको दर्ता पनि खोलिदिनुपर्छ । नयाँ ट्याक्सीको दर्ता खोल्दा सर्वसाधारणले सर्वसुलभ मुल्यमा ट्याक्सी चढ्न पाउछन् । सस्तोमा ट्याक्सी चढ्न पाएपछि मानिसहरुको निजी सवारी किन्नतर्फको मोह कम हुन्छ । भाँडाका गाडीहरुमा खुल्ला प्रतिस्पर्धा गराउदा जनतालाई मात्र नभई राज्यलाई पनि निकै फाइदा हुन्छ । निजी प्लेटको दर्ता रोकेर सार्वजनिक सवारी साधनको सुधारतिर देश उन्मुख हुने हो भने ट्राफिक जाम आफै कम हुन्छ । दुई पाड.गे्र सवारी साधनले गर्ने प्रदुषणबाट सबैले छुट्कारा पाउछन् । दिनहुजसो दुई पाड.गे्र सवारी साधन दुर्घटनामा परेर चालकले ज्यान गुमाउनपरेको घटनाहरु सार्वजनिक भइरहेको हुन्छन् ।

दुई पाड.गे्र सवारी साधनलाई विस्थापन गर्दा सडक दुर्घटना परेर ज्यान गुमाउनेको संख्या घट्छ । सवारी साधन त किन्छन् तर पार्किड. कहाँ गर्ने थाहा छैन् । पार्किड. गर्ने ठाँउको व्यवस्था नभएसम्म दुई पाड.गे्र सवारी साधन नवीकरण गर्नहुदैन् । फुटपाथ भरि दुई पाड.गे्र सवारी साधन तेस्याएर राखेको हुन्छन् । मान्छेहरु सडकको बिचबाट ओहोरदोहोर गर्छन् । तैपनि महानगरको यसतर्फ ध्यान जादैन् । सर्वसाधारणलाई हिड्न रोक लगाएर महानगरले मोटरसाइकल पार्किड. गर्न दिएको छ ।

बिच बाटोबाट हिड्नपर्दा ज्यानै जाने हो कि भन्ने भय हुन्छ । घरबहालमा लगाउछन् घरधनी भने गाडी भने बाटोमा लगाएर तेस्याउन लाउछन् । बहालमा लगाइसकेपछि सवारी साधन राख्ने पार्किड. बनाउनपर्ने होइन् र । महिनैपिच्छे लाखौ भाँडाचाहि उठाउने अनि दुःखचाहि जनतालाई । सामान किन्ने जाने मानिसहरुको पार्किड.स्थल नै सडक बन्न पुगेको छ । सामान किन्न आउने सवारी बिच बाटोमा राख्ने । पैदलयात्री कहाँबाट हिड्ने भनेर अलमल पर्छन् । महानगरपालिका र ट्राफिक महाशाखाले फुट्पाथमा पार्किड. गरेर राखेका सवारी साधन उठाएर लानपप्यो ।

फुट्पाथमा पार्किड. गरेर राखेका सवारी साधन उठाएर लगेपछि हजार रुपिँया लिएर छाड्ने नितिले सवारी धनी छाडा भएका छन् । यसलाई बढाएर पन्ध्र हजार पुप्याउनुपर्छ अनि मात्र मानिसहरुलाई चेत आँउछ । भक्तपुर, ललितपुर र महानगरका प्रहरीहरु दिनभरि घाम तापेर बस्छन् । जनताले तिरेको करबाट यिनीहरुले तलब खाएका छन् । तर, काम भने शुन्य बराबर नै छ । महानगर प्रहरीहरुले अनुगमन नगर्दा दुर्घटना बढ्यो । यता, राज्यले राजस्व पनि पाएको छैन् । सडक ढाकेर सडकपेटी भरि सामान राखेका हुन्छन् तर यिनीहरुले हटाएका छैनन् ।

यसले गर्दा पैदलयात्रीलाई निकै सास्ती भएको छ । सवारी दुर्घटना बढ्नुको कारण पनि यही नै हो । सल्लाघारी, सुर्यविनायकमा सडकपेटी पुरै ढाकेर पसल सञ्चालन गरेको हुन्छ । तैपनि सुर्यविनायक नगरपालिकाका प्रहरीहरु देखेपनि नदेखेजसो गरि बसेको छन् । अझ महानगर प्रहरीहरु फुटपाथ व्यापारीहरुसंग हप्तेपिच्छे पैसा उठाएर खान्छन् । बानेश्वर, कोटेश्वर, लगनखेल, सातदोबाटो, जोरपाटी, रत्नपार्क तिर पनि यस्तै छ । फुटपाथमा पार्किड. गर्ने सवारी साधन र फुटपाथ व्यवसायीसंग स्थानीय गुण्डा र क्लबहरुले अवैध रुपमा पैसा उठाइ रहेको छन् ।

त्यो पैसा राज्यको ढुकुटीमा गएको छैन् । स्थानीय गुण्डा र गैरकानुनी क्लबहरुले पैसा उठाएर खाइरहेको छन ्। नयाँबजार, बागबजार र कुमारीपाटीतिर बाटैमा सवारी छोड्दिन्छन् । सवारी चालक कहाँ हो कसैलाई अत्तोपत्तो हुदैन् । फुटपाथमा पार्किड. गरेर पैसा उठाउने टोले गुडाहरुलाई कारबाही गर्नुपर्छ ।
टोले गुण्डाहरुले आफुलाई मन लागेजति पैसा उठाइरहेको छन् । तर, उपत्यकाका तिन जिल्लाका मेगर मस्त निद्रामा परेका छन् । पैदलयात्रीको असहजतालाई यिनीहरुले यत्तिकै हावामा उडाइदिएका छन ्। सडकपेटी ढाकेर पसल थाप्नेलाई पनि कारबाही गरिएको छैन् ।

सवारी गुड्ने बाटोमा पैदलयात्री, पैदलयात्री हिड्ने सडकपेटीमा व्यवसायी तैपनि तिन जिल्लाका सिडियो मौन । फुटपाथ व्यवसायीसंग कमिशन खाएर हात बाँधेर कुर्सीमा बस्न यिनीहरलाई लाज लाग्दैन् । साँझ सडकपेटीमा भएका पसलको कारणले पैदलयात्री हिड्न सक्दैन् । सवारी साधन गुड्ने ठाँउ हुदैन् । सडक अस्तव्यस्त हुन्छ । सल्लाघारीबाट सुर्यविनायक नगरपालिका जाने बाटोको मुखमा सडकपेटी ढाकेर फलफुल पसलेसंग कमिशन खाएर रमिता हेरेर बसेका छन् । जसको कारण तिनीहरुको मनोबल बढेको छ । उपत्यकाका हरेक सडकको स्थिति यही नै छ ।

सडकपेटीमा व्यापार गर्ने र पार्किड. स्थल बनाउनेलाई कहिले कारबाही हुन्छ । सडकपेटीबाट पैदलयात्री हिड्न पाउने दिन कहिले आउँछ सरकार ? सडकपेटी व्यापारीले किनेका हुन् र ? सडकपेटी पैदलयात्रीको कि व्यापारीको सरकार ? फुटपाथ व्यवसायीसंग कमिशन खाएर सिडियो र महानगरका प्रहरीहरु यिनीहरुलाई हटाउन असक्षम । सरकारको कमजोरीको कारण दुर्घटना बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर