विश्वको प्रदुषण शहरमा काठमाडौं आठौं स्थानमा , नेपालको यी स्थान पर्यो प्रदुषणको लागि 'रेड जोन'मा — OSNepal

विश्वको प्रदुषण शहरमा काठमाडौं आठौं स्थानमा , नेपालको यी स्थान पर्यो प्रदुषणको लागि ‘रेड जोन’मा

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेपालको राजधानी काठमाडौं प्रदूषित सहरको विश्वकै आठ नौ नम्बरमा परेको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा नेपाल आठौं स्थनामा पुगेको हो ।

प्रदुष्ति शहरको पहिलो नम्बरमा भने पाकिस्तानको लाहोर शहर परेको छ । त्यसै गरी दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका परेको छ ।

आज शनिबार बिहान काठमाडौंको पिएम–२‍.५ को मात्रा प्रतिघण्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकले जनाएको छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।
नेपालको विभिन्न स्थान भइरहेको प्रदुषणको आधारमा ‘रेड जोन’ भनेर केहि स्थनालाई छुट्टाइएको छ ।

जसमा पिएम २.५ को मात्रा प्रतिघण्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ ।

त्यसैगरी धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि दिनप्रति दिन प्रदुषण बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर