राखेप सदस्य सचिव नियुक्तिका लागि दरखास्त आव्हान — OSNepal

राखेप सदस्य सचिव नियुक्तिका लागि दरखास्त आव्हान

LC (KTM) November 20, 2021 0

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेप को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रिक्त रहेको राखेप सदस्य सचिव पदका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयको यो बिज्ञप्ति संगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अगाडी बढेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ३ बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

सरकारले गत कात्तिक १ गते राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो । मन्त्रीपरिषद्को बैठकले सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गरेको हो ।सिलवाललाई बर्खास्त गरेसँगै मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर