गृहमन्त्री खाँडका भाइ रामकृष्णको निर्देशनमा आफुहरुमाथि हमला भयो : पौडेल पक्ष — OSNepal

गृहमन्त्री खाँडका भाइ रामकृष्णको निर्देशनमा आफुहरुमाथि हमला भयो : पौडेल पक्ष

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । रुपन्देहीमा भएको झडपमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आफ्नो समुहलाई आक्रमण भएको आरोप लगाएको छ ।

गएराति शुक्रबार क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को निर्वाचनको मतगणना भइरहँदा देउवा पक्षले पौडेल पक्षलाई कुटपिट गरेको थियो । उक्त झडपमा पौडेल पक्षका पाँच जना घाइते भएका छन् ।

क्षेत्र नम्बर ३ प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले आज शनिबार पत्रकार सम्मेलन मार्फत यो आक्रमण गृहमन्त्री खाडको भाइ रामकृष्ण खाँडको निर्देशनमा भएको बताएका छन् ।

खाँडका भाइ भने काङ्ग्रेसको रुपन्देही जिल्ला सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर