एमाले भनेको त्रिशूली र मर्स्याङ्दी मिसिएपछि नारायणी बनेजस्तै हो : विष्णु रिजाल — OSNepal

एमाले भनेको त्रिशूली र मर्स्याङ्दी मिसिएपछि नारायणी बनेजस्तै हो : विष्णु रिजाल

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी ओलीलाई नमान्ने व्यक्ति एमाले नभएको बताएका छन् । एक कार्यक्रममा सहभागी भएका नेता रिजालले ओलीलार्य नमान्ने व्यक्ति एमालेको नभएको भन्दै गैर केपी ओली पक्ष त एमालेबाट उछिट्टिसकेको बताएका हुन् ।

‘अहिले एमालेमा केपी ओली पक्ष मात्रै छ । जो केपी ओलीलाई मान्दैनन्, उनीहरु एमाले नै होइनन् । गैर केपी ओली पक्ष त एमालेबाट उछिट्टिसकेको छ ‘ उनले भने । एमाले भनेको त्रिशूली र मर्स्याङ्दी मिसिएपछि नारायणी बनेजस्तै भएको भन्दै उनले अब एमालेमा विभिन्न विचारधाराबाट आएका साथीहरु मात्र भएको बताएका छन् ।

अध्यक्ष सर्वसम्मत हुने नै स्थिति भएको भन्दै उनले सकेसम्म सबै पदमा सर्वसम्मत गर्ने पनि बताएका छन् । आफ्नो पार्टीको १० औं महाधिवेशनमा ३५, ३६ प्रतिशत महिला प्रतिनिधि रहेको पनि जानकारी दिएका छन् ।

साढे तीन वर्ष सरकारमा बसेर गरेका काम ठीक थियो कि थिएन भन्ने जनमत परीक्षण गर्न पनि ओलीलाई अध्यक्षमा दोहोयाउने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर