प्रचण्डलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको छ तर जनताको अगाडी केहि लाग्दैन : अध्यक्ष प्रचण्ड — OSNepal

प्रचण्डलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको छ तर जनताको अगाडी केहि लाग्दैन : अध्यक्ष प्रचण्ड

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफुलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले महाधिवेशन चितवनमा गरेको बताएका छन् । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन रौतहट पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफुलाई सिध्याउन चितवन आएपनि जनताको अगाडी केहि नलाग्ने बताएका उनल भने , ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।

आफ्नो पार्टी आउँदो चुनावमा तराईमा पहिलो पार्टी हुने दावी गरेका उनले आफु काठमाडौं गएलगत्तै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने समेत बताएका छन् ।

अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्नको लागेको भएकाले आफु यहाँबाट सिधैं चितवन जाने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर