ए डिभिजन लिगमा संकटा र हिमालयन शेर्पाको बराबरी — OSNepal

ए डिभिजन लिगमा संकटा र हिमालयन शेर्पाको बराबरी

LC (KTM) November 20, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । बराबरी खेल्दै दुबै टिमले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा आज भएको खेलमा संकटाले हिमालयनसँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

संकटाले सूरुवाती अग्रता बनाए पनि अन्ततः त्यसलाई जोगाउन सकेन । खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले संकटाका लागि गोल गरेका थिए । तर ४ मिनेट नबित्दै त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई एक एकको बराबरीमा ल्याएका थिए । आजको खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर