नेपाल फिफा बरीयतामा यथावत — OSNepal

नेपाल फिफा बरीयतामा यथावत

LC (KTM) November 20, 2021 0

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा यथावत रहेको छ । यसअघिको बरीयतामा पनि नेपाल १ सय ६९ औं स्थानमा नै रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । भारत र माल्दिभ्स भने नेपाल भन्दा अगाडी रहेका छन् । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ । नेपाल पछि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् । फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत नै रहेको छ । बेलिजयम पछि ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर