कमलसहित चार जना एक होटलको ३ नम्बर कोठाबाट रङगेहात पक्राउ — OSNepal

कमलसहित चार जना एक होटलको ३ नम्बर कोठाबाट रङगेहात पक्राउ

LC (KTM) November 20, 2021 0
nepal police

सुर्खेत ४ मंसिर । चितुवाको छाला सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पंचदेवल नगरपालिका-८ बस्ने ३५ वर्षीय कमल शाहीसहित चार जना रहेका छन् ।

उनीहरुलाई जिल्लाको बराहताल गाउँपालिका-५ बड्डिचौरस्थित प्रेम होटलको ३ नम्बर कोठाबाट ३ थान चितुवाको छाला सहित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर