अक्षय कुमारको फिल्म सुर्यबंशीको चौतर्फि बिरोध , पाकिस्तानी अभिनेत्री फिल्मलाई लिएर यसरी भड्किइन्   — OSNepal

अक्षय कुमारको फिल्म सुर्यबंशीको चौतर्फि बिरोध , पाकिस्तानी अभिनेत्री फिल्मलाई लिएर यसरी भड्किइन्  

LC (KTM) November 20, 2021 0

अक्षय कुमार तथा कैट्रिना कैफको नयाँ फिल्म सुर्यबंशीले बक्स अफिसमा शानदार कलेक्शन गरे पनि फिल्म बिबादको घेरामा पर्दै गईरहेको छ । हालै ब्रिटिश एक्टर रिज अहमद अल्वीले पनि फिल्मका बिषयमा सवाल उठाएका छन् । उनले यो फिल्म इस्लामोफोबियाको आरोप लगाएका छन् । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले पनि फिल्मका बिषयमा प्रश्न उठाएका थिए ।

अब अहिले आएर पाकिस्तानी अभिनेत्री मेहविश हयातले तथा जिवरान नासिरले पनि यस फिल्मलाई लिएर टिप्पणी गरेका छन् । फिल्ममेकर रोहित शेट्टीले यस फिल्ममा इस्लामोफोबियालाई लिएर आफ्नो प्रतिक्रिया दिईसकेका छन् । तर पनि आलोचना हुने क्रम रोकिएको छैन । अभिनेत्री हयातले ट्वीट गर्दै सुर्यबंशी बलिउडको लेटेस्ट फिल्म हो जसमा इस्लामाफोबिया देख्न पाईने बताएकी छिन् ।

उनले भनेकी छिन्– हलिउडमा एकदमै तिब्र रुपमा परिवर्तन आईरहेको छ । मलाई आशा छ कि सीमा पार पनि यस्तै केही देख्न पाईन्छ । मैले पहिला पनि भनेको थिए कि यदि तपाई सकरात्मक चीज देखाउन सक्नु हुन्न भने कम से कम जायज भएर मुस्लिमको भुमिकालाई पेश गर्नुहोस् । शान्तीको कोशिस गर्नुपर्छ अशान्ती झगडा फैलाउने हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर