१७ वर्षीय किशोर यस्तो सामानसहित पक्राउ — OSNepal

१७ वर्षीय किशोर यस्तो सामानसहित पक्राउ

LC (KTM) November 20, 2021 0

पर्सा ४ मंसिर । नियन्त्रित लागु औषधसहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध नुफिन ५७ एम्पुल, फेनारगन ५७ एम्पुल, डाइजेपाम ५७ एम्पुल र ईनजेक्सन २ पिस बरातम गरेको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल बिओपी पर्साबाट खटिएको प्रहरी टोलीले ति किशोरलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागु औधषसहित पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले थप अनुशनधान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर