सरसफाईकर्मी थिए सुनील शेट्टीका पिता , यसरी भाबुक हुदै दुःखका कुरा सुनाए सुनील शेट्टीले — OSNepal

सरसफाईकर्मी थिए सुनील शेट्टीका पिता , यसरी भाबुक हुदै दुःखका कुरा सुनाए सुनील शेट्टीले

LC (KTM) November 20, 2021 0

हालै बलिउड अभिनेता सुनील शेट्टी तथा करिश्मा कपुर इण्डियाज बेस्ट डान्सर सीजन २ मो मन्चमा पुगे । सुनील र करिश्माको जोडीले यो शो मा एकदमै जमेर मस्ति गरे भने आफ्नो जिन्दगीको संघर्षको कथाका बारेमा पनि खुलेर कुरा गरेका छन् । शो को दौरानमा अभिनेता सुनील शेट्टीले आफ्नो पिताको बारेमा कुरा गरेर भाबुक भएका छन् ।

इण्डियाज बेस्ट डान्सर सीजन २ को सेटमा पाहुना बनेर पुगेका सुनील शेट्टीले आफ्नो जिन्दगीको रोल मोडल आफ्नो बुवा भएको बताएका हुन् । जब कोही ब्यक्तिले सोध्यो भने उनको हिरो को हो भनेर आफु सधै हिरोको रुपमा आफ्नो बुवा रहेको बताउने गरेका छन् । सुनीलको पिता एक सरसफाईकर्मी रहेका थिए । तर उनले आफ्नो काम गर्न कहिले पनि लजाएनन् ।

उनले आफ्नो बुवाले जे गर्नु भयो त्यसले आफ्नो शीर कहिल्यै नझुक्ने समेत बताए । उनले आफ्नो पिताले सरसफाईको काम गरेरै सम्पत्ति जोडेको पनि बताए । उनले भने– मेरो बुवाले यो कुरा सिकाउनु भयो कि जुनसुकै काम होस् मन देखी नै गर्नु र आफ्नो काम प्रति गर्व गर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर