पूर्व कृषि राज्यमन्त्रीसमेत रहेका यादवले दिए एमालेबाट राजीनामा — OSNepal

पूर्व कृषि राज्यमन्त्रीसमेत रहेका यादवले दिए एमालेबाट राजीनामा

LC (KTM) November 20, 2021 0

काठमााडौं ४ मंसिर । रुपन्देहीका पूर्व कृषि राज्यमन्त्री समेत रहेका नेता ओमप्रकाश यादव (गुल्जारी)ले पार्टीको सम्पुर्ण पदबाट राजीनामा दिएका छन् ।

आज शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर ९मर्चवार०मा पत्रकार सम्मेलन गर्दै नेता यादवले राजीनामा दिएका हुन् । उनले आफुले पार्टीमा साधारण सदस्य मात्र रहने गरी राजीनामा दिएको बताएका छन् ।

महाधिवेशन प्रतिनिधि छनोटको विषयमा अशन्तुष्ट रहेका उनले राजीनामा सँगै
प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

अध्यक्ष शिवराज सुवेदीबाट आफुलाई जिल्लामा काम गर्न असहयोग भएको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर