झापामा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने — OSNepal

झापामा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

LC (KTM) November 20, 2021 0

झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो ।झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद समितिका सदस्य सचिव तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताए ।

मंसिर १४ गतेबाट १६ गते सम्म सो प्रतियोगिता केरखा खेल मैदानमा सञ्चालन हुने खेलकुद समिति सहसंयोजक तेज कुमार राईले बताए । झापा जिल्ला भरीका १५ वटै स्थानीय तहका खेलकुद समितिलाई निमन्त्रणा गरिएको संयोजक सुदिप थुलुङले बताए । ’पालिका स्तरीय भएकोले खेलाडी पनि सोहि स्थानीय तह भित्रको नै हुनु पर्नेछ’, उनले भने ।पत्रकार भेटघाट कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदिको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर