OSNepal सोमबार, मंसिर २० २०७८

पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन

पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन
Reading Time: < 1 minute

जनकपुरधाम, ४ मंसिर -महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली गरेको भन्दै नेकपा एमाले धनुषाका असन्तुष्ट पक्षले पूर्वमन्त्री रघुवीर महासेठविरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी र धाँधली गरेको भन्दै एमालेका प्रदेश सांसद किशोरी साह (कमल) को नेतृत्वका असन्तुष्ट नेता तथा कार्यकर्ताले महासेठविरुद्ध नाराबाजीसहित शनिबार जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । स्थानीय जनकपुर रेल्वे स्टेसनबाट निकालिएको विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो ।

पार्टीका स्थायी समिति सदस्य महासेठले पार्टीमा वर्षोदेखि लगानीका गरेकाहरूलाई बाइपास गरी आफ्ना आसेपासे तथा नातामा पर्नेलाई महाधिवेशन प्रतिनिधि बनाएको प्रदेश सभामा प्रमुख सचेतक समेत रहेका साहले बताए ।

महासेठले आफ्ना निकटलाई मात्रै प्रतिनिधि बनाई पार्टीमा वर्षोदेखि लागेकाहरूलाई हातोसहित गर्ने काम गरेको र यसले पार्टीलाई क्षति पुग्ने बताउँदै सांसद साहले भने, ‘महासेठलाई अव धनुषामा एकलौटी गर्न दिँदैनौं । महाधिवेशन प्रतिनिधिको नामावली संशोधन नभए आफूहरूले महासेठविरुद्ध कडा रूपमा आन्दोलनको कार्यक्रम बढाउँछौं ।’

एमालेका प्रमुख सचेतक साह, माओवादी केन्द्रबाट एमाले रोजेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै महासेठले एकलौटी मनोमानी निर्णयपछि आफूहरू विरोधमा उत्रिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड