OSNepal शनिबार, मंसिर ११ २०७८

बाढी, पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग एक महिनापछि खुल्यो

बाढी, पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग एक महिनापछि खुल्यो

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


बाढी, पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग एक महिनापछि खुल्यो
Reading Time: < 1 minute

बझाङ, ४ मङ्सिर -गत कात्तिकको बेमौसमी बाढी, पहिराका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

बाढीपहिराका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो । राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बसबाहेकका साना यातायातका साधन वारपार गर्न सक्ने बनाइएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन । यस्तै जालेबगरमा सडक भएको ठाउँमा नदी बग्न थालेपछि नदीलाई डाइभर्ट गरेर अस्थायी रुपमा वैकल्पिक सडक बनाइएको छ ।

बाढीपहिरो भएको एक महिनासम्म पनि सडक नखुलेपछि स्थानीयवासी आक्रोशित थिए । सडक सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका कामसमेत प्रभावित बनेका छन् । बजारमा महँगी बढेको छ भने व्यापारीले समेत कृत्रिम अभाव सिर्जना गरेको स्थानीयवासीको आरोप छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड