OSNepal मंगलबार, मंसिर १४ २०७८

टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मिलनको ज्यान गयो

टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मिलनको ज्यान गयो

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मिलनको ज्यान गयो
Reading Time: < 1 minute

भक्तपुर, ४ मङ्सिर -अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–६ राष्ट्रिय वाणिज्य बैंक अगाडि मोटरसाइकलले टिपरलाई दाहिने साइडबाट ओभरटेक गर्ने क्रममा सडक डिभाइडरमा ठोक्किर टिपरको पछाडिको चक्कामा परी दुर्घटना हुँदा काभ्रे रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते तामाङको भक्तपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले टिपर चालक काभ्रे मण्डनदेउपुर नपा–१० घर भई हाल काठमाडौँ चाबहिल बस्ने २८ वर्षीय सोमबहादुर लामा र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।(रासस) :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड