OSNepal शनिबार, मंसिर ११ २०७८

वनभोज खान गएका मनोजको खोलामा पौडी खेल्दा डुबेर मृत्यु

वनभोज खान गएका मनोजको खोलामा पौडी खेल्दा डुबेर मृत्यु

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


वनभोज खान गएका मनोजको खोलामा पौडी खेल्दा डुबेर मृत्यु
Reading Time: < 1 minute

उदयपुर, ४ मङ्सिर -जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ ।मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधारखोलामा स्काभेटरले बालुवा उत्खनन गर्दा खनेर कृत्रिम दह बनाएको ठाउँमा पौडी खेल्दा डुबेर अचानक बेहोस भएका थिए । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड