इंग्लिस प्रिमियर लिगमा लेस्टर माथि चेल्सीको शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा लेस्टर माथि चेल्सीको शानदार जित

LC (KTM) November 20, 2021 0

इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले एक पटक फेरी सानदार जित निकाल्न सफल भएको छ । घरेलु टोली लेस्टर सिटी लाई चेल्सीले ३–० ले पराजित गर्दै सानदार जित निकालेको हो । किङ पावर स्टेडियम लेस्टरमा आज राति भएको खेलमा चेल्सीको जितमा एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे र क्रिस्टियन पुलिसिसले एक एक गोल योगदान दिए ।

चेल्सीले लेस्टरको पोस्टमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्न सफल भएको थियो । आजको यो जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अंक जोड्न सफल भएको छ । चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अघि रहेको छ । पराजित लेस्टर १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर