४५ बर्षको उमेरमा पनि १६ बर्षे तरुनी देखिन्छीन् अभिनेत्री मलाइका अरोरा, यस्तो रहेछ फिटनेसको राज — OSNepal

४५ बर्षको उमेरमा पनि १६ बर्षे तरुनी देखिन्छीन् अभिनेत्री मलाइका अरोरा, यस्तो रहेछ फिटनेसको राज

LC (KTM) November 20, 2021 0

बलिउड अभिनेत्री मलाइका अरोरा फिटनेसकी रानी नै हुन् । उनी ४५ वर्ष पुगे पनि एकदमै तरुनी नै देखिने गरेकी छिन् । उनी सधै आफ्नो फिटनेसमा एकदमै ध्यान दिने गरेकी छिन् । उमेरले डाँडा काटे पनि यौवनले उनी १६ बर्षे जस्तो देखिन्छिन् । उनले यो उमेरमा पनि आफुलाई फिट राख्नका लागि लामो समय जिममा वर्कआउट गर्ने गर्छिन् ।

जिममा मात्र जाने हैन उनी योगा समेत गर्छिन् । भारतीय संचारमाध्यम संगको एक अन्र्तबार्ताका क्रममा उनले आफु फिट रहनुको राज खुलाएकी छिन् । वर्कआउट, जिम, योगा मात्र उनको फिटनेसको बिषय हैनन् । उनी आफु खानपानमा समेत उत्तिकै सचेत रहने गरेको बताउँछिन् । उनले आफूले खानेकुरामा धेरै सागसब्जी हुने उनी बताउँछिन् । मलाइकाले बिहान उठ्ने बित्तिकै एकदमै हेल्दी जुस पिउने गरेको बताईन् ।

उनी आफ्नो ब्रेकफास्टमा एभोकाडो टोस्ट धेरै मन पराउँछिन् । मलाइकाले आफ्नो लन्च र डिनरमा डिटक्स मिल लिन्छिन्, जसमा धेरै उमालिएका साग तरकारीको प्रयोग गरिएको हुन्छ । यसले तौल बढ्न नियन्त्रण गर्ने उनि बताउँछिन् । डाइटमा घिउ, गुड, खजुर, मह आदि समावेश गरिएको हुन्छ तर उनले मिठाईको प्रयोगलाई शुन्य बनाएकी छिन् । मलाइका गहुँको पास्ता, दिनहुँ बदाम मिल्क, अलैँची पाउडर र महको साथमा ओट्स लिने गर्छिन् । त्यस्तै उनले नरीवलको पानी समेत पिउने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर