हल्दिवारीमा २५ किलोमिटर बाटो कालोपत्र, ४० किलोमिटर बाटो कालोपत्र हुँदै — OSNepal

हल्दिवारीमा २५ किलोमिटर बाटो कालोपत्र, ४० किलोमिटर बाटो कालोपत्र हुँदै

LC (KTM) November 21, 2021 0

मंसिर । झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा मेनर्जी चोकबाट उत्तर कन्टरघुटु हुँदै रामहरि चोक जाने ४२ सय मिटर बाटो कालोपत्रे सम्पन्न भएको छ ।नेपाल सरकारको तराई मधेस कार्यक्रम र समपुरक बजेटबाट सञ्चालित निमार्ण आयोजनाको ठेक्का खनाल इभरग्रीन जेभी बिर्तामोडले पाएको थियो । २०७७ चैत २२ गते गाउँपालिकासँग निर्माण सम्झौता भएको खनाल इभरग्रीनले २०७९ अशोज ०६ गते निमार्ण सम्पन्न गर्ने सम्झौता गरेको थियोे ।

२ करोड ९६ लाख ७१ हजार ५ सय ९३ रूपैयाँ ९२ पैसाको लागतमा निमार्ण सम्झौता गरेको थियो भने समयाबधि भन्दा करिब ११ महिना अगाडि नै काम सम्पन्न गरेर गाउँपालिकालाई जिम्मा दिने भएको खनाल इभरग्रीन जे भि का सञ्चालक भरत भट्टराईले आज सञ्चार कर्मीलाई जानकारी दिए ।मेजर्नी चोकदेखि सुरु हुने कालोपत्रे कन्टरघुटु हुदै रामहरि चोक आईपुग्दा ४ किलोमिटर २ सय मिटर लम्बाई रहेको छ ।सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालो पत्रे गरिएको उक्त बाटो १०/१२ बर्ष सम्म टिक्ने ठेकेदार कम्पनीले जनाएको छ ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मेको सास्ती लामो समयदेखि खेपेका सडक खण्ड छेउ छाउका स्थानीयवासी सडक पक्की भएपछि खुसी देखिएका छन् ।स्थानीयबासी लाल बहादुर सावाँले कल्पना समेत नगरेको बिकास निर्माण कार्यहरु पालिकाले गरेको बताए ।

सो कालेपत्रे सडकको हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको एकल पहलमा निर्माण सम्पन्न भएको स्थानीयहरुले बताए ।उपाध्यक्ष गिरिको पहलमा ८ कोलो मिटर बाटो कालो पत्रे सम्पन्न भइ सकेको छ भने १२ किलोमिटर बाटो फाल्गुन सम्ममा सम्पन्न हुने गतिमा काम भइ रहेको हल्दिवारी उधोग बाणिज्य संघका अध्यक्ष सुमन मैनालीले बताए ।

हल्दिवारी गाउँपालिका भित्र ४ बर्षमा २५ किलोमिटर बाटो कालोपत्र भइ सकेको छ भने करिब ४० किलोमिटर बाटोको कालोपत्र हुने काम तीब्र गतिमा भइ रहेको गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर