OSNepal बिहिबार, मंसिर १६ २०७८

वर्तमान गठबन्धन सरकार जनताप्रति उत्तरदायी छ : अध्यक्ष नेपाल

वर्तमान गठबन्धन सरकार जनताप्रति उत्तरदायी छ : अध्यक्ष नेपाल

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


वर्तमान गठबन्धन सरकार जनताप्रति उत्तरदायी  छ : अध्यक्ष नेपाल
Reading Time: < 1 minute

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित भेलामा उहाँले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने बताउनुभयो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरू प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्कीलगायतले आफ्नो पार्टीको पक्षमा जनलहर आएको बताउनुभयो । भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेसलगायत पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका ५३ जनालाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड