४ वर्षदेखिको प्रेम सम्बन्धमा पूर्णबिराम लाग्यो नम्रताको — OSNepal

४ वर्षदेखिको प्रेम सम्बन्धमा पूर्णबिराम लाग्यो नम्रताको

LC (KTM) November 21, 2021 0

काठमाडौं । सुन्दरी नायिका नम्रता श्रेष्ठको ब्रेकअप भएको छ । नम्रताले चारवर्षदेखिको प्रेमी दावा स्टिभन शेर्पासँगको प्रेम सम्बन्धलाई टुंग्याएपछि सहमतीमा नै छुट्टिएको दाबी गरेकी छिन् ।

पर्यटन व्यवसायी समेत रहेका शेर्पासँग नम्रता न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म घुमेका तस्विरहरु विगतका दिनमा सामाजिक संजालमा भाइरल बने । विभिन्न कायृक्रममा समेत एकसाथ पुग्ने यो जोडीले विबाह गर्ने हल्ला समेत चलाइएको थियो ।

रिलेसनसिप टुंगिएपछि सहमतीमा नै आँफुहरु अलग्गिएको उनीहरु निकट साथीभाईले बताउन थालेका छन् । एक समय आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका यो जोडीले भने आधिकारिक रुपमा अहिलेसमम के नबोले पनि नम्रताका साथीहरुले उनीहरु अलग्ग्इिसकेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर