OSNepal शनिबार, मंसिर ११ २०७८

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस पल्टियो

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस पल्टियो

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


सुर्खेतबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस पल्टियो
Reading Time: < 1 minute

तुलसीपुर, ५ मङ्सिर -दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड