OSNepal बिहिबार, मंसिर १६ २०७८

अन्तत शाहरुखका छोरा निर्दोष सावित भए, ड्रग्स मुद्दामा प्रमाण नपुगेको उच्च अदालतको फैसला

अन्तत शाहरुखका छोरा निर्दोष सावित भए, ड्रग्स मुद्दामा प्रमाण नपुगेको उच्च अदालतको फैसला

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


अन्तत शाहरुखका छोरा निर्दोष सावित भए, ड्रग्स मुद्दामा  प्रमाण नपुगेको उच्च अदालतको फैसला
Reading Time: < 1 minute

काठमाडौँ । ड्रग्स मुद्दामा शाहरुख खानका छोरा आर्यन खानविरुद्ध प्रमाण नपुगेको भँन्दै बम्बई हाईकोर्टले जमानत दिन आदेश जारी गरेको छ। गत महिना क्रुज ड्रग मुद्दामा समातिएका आर्यन र अन्य दुईको विषयमा बम्बई उच्च अदालतले शनिबार जमानत दिने विस्तृत आदेश जारी गरेको हो ।

शनिबार अदालतले जारी गरेको १४ पानाको फैसलामा आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको ठहर अदालतले गरेको छ ।

आर्यन र उनका दुई साथीहरू करिब एक महिना जेल बसेर २८ अक्टुबरमा रिहा भएका थिए । आर्यन र उनका साथीहरु अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्वीकार गरेपछि उनीहरू जेलबाट छुटेका थिए । छोरा समातिएपछि शाहरुको परिवारमा रुवाबासी नै भएको थियषे । यसबिचमआ शाहरुख निकै तनावमा देखिएका थिए भने गौरी समेत गहिरो चिन्तामा डुबेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड