OSNepal शनिबार, मंसिर ११ २०७८

आफैँ अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय मोहम्मदको ज्यान गयो

आफैँ अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय मोहम्मदको ज्यान गयो

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


आफैँ अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा  २३ वर्षीय मोहम्मदको ज्यान गयो
Reading Time: < 1 minute

राजविराज, ५ मङ्सिर-सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड